सैनामैना —सैनामैना सुनचांदी व्यबसायी संघ सैनामैनाको प्रथम साधारण सभा एक कार्यक्रमका बिच बुधवार सम्पन्न भएको छ । रैनादेबि छहरा गाउपालिका ७ फुलवारीको कञ्चन रिसोर्टमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सुनचांदी व्यबसायी महांसंघका विज्ञ परामर्स समितीका संयोजक प्रेम कुमार सेञ्चुरीले “ व्यबसायीहरुले काम गर्दा लगानी गर्न डराउन नहुने बताए ।स्वत स्र्फुत रुपमा व्यबसायमा लगानी गर्नु पर्ने र त्यही अनुसारको प्रतिफल प्राप्त गर्न लाग्नुपर्नेमा जोड दिए । उनले व्यबसायीहरुका लागि हरेक सहयोग गर्नेमा प्रतिबद्धता जनाए । सबै व्यबसायीहरु एकले अर्काको खुट्टा तानेर, रिस राखेर राखेर होईन सबै एक भएर लाग्नुपर्नेमा समेत उनले जोड दिए ।”
बिशिष्ठ अतिथि नेपाल सुनचांदी व्यबसायी महांसंघका केन्द्रिय उपाध्यक्ष जोगलाल बिश्कर्माले “बजारमा व्यबसायीहरुको एकता संगै बजार मुल्यमा एकरुपता हुनुपर्नेमा जोड दिए ।”
त्यस्तै रुपन्देहि सुनचांदी व्यबसायी संघका अध्यक्ष एम.बि .बिश्वकर्माले“सुनचादीको गुणस्तर कायम गरि पेशालाई मर्यादित बनाउन जिल्लामा आफुहरु लागि परेको बताए ।”
कार्यक्रममा संघका सैनामैना अध्यक्ष तिल बहादुर बिश्वकर्माले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थीक प्रतिबेदन संस्थाका कोषाध्यक्ष श्रीधर गहतराजले प्रस्तुत गरे ।
संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान पत्र ,मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । बुटवल सुनचांदी व्यवसायी संघका अध्यक्ष दिपक कुमार विश्वकर्मा सुनचांदी महासंघ केन्द्रिय कमिटी सदस्यमा निर्वाचित हुनुु भएकोमा बथाई शुभकामना संगै सम्मान समेत गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष तिल बहादुर बिश्वकर्माको अध्यक्षता ,उपाध्यक्ष निर्मल कालिराजको स्वागत मन्तव्य तथा सचिब लक्ष्मण सुनारको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्