२ वर्षपछि ‘विप्लव’ सार्वजनिक हुदै

२ वर्षपछि ‘विप्लव’ सार्वजनिक हुदै

काठमाडौं – २ वर्षपछि नेत्र विक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकारसँग ३ बुँदे सहमति भएसँगै प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सार्वजनिक हुने भएका हुन् ।

विप्लव २१ फागुन (भोलि) एक समारोहबीच सार्वजनिक हुँदैछन् । जहाँ, प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । उक्त समारोहलाई विप्लव र ओली दुवैले सम्बोधन गर्ने कार्यक्रम तय भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

सरकारले गरेको वार्ताको आग्रहलाई नकार्दै विध्वंसात्मक गतिविधिलाई बढावा दिएपछि विप्लव समूहलाई सरकारले गत २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

अन्ततोगत्वाः विप्लव आफैँले वार्ताका लागि सकारात्मक भएको बताएका थिए । तत्पश्चात् सरकारले विप्लवसँग वार्ता गरेको थियो । तीन चरणको वार्ताबाट सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । सहमतिअनुसार नै शुक्रबार विप्लव सार्वजनिक हुनेभ एका हुन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij