बुटवल
कसौधन समाज युवा समितिले बुटवल उद्योग बाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । बिहिबार बुटवल उद्योग बाणिज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उद्योगी व्यबसायीको हकहित, उनीहरुका समस्या समाधान र उद्यमशिलता बिकासमा आफू नेतृत्वको टिमले प्रतिवद्ध भएर काम गर्ने बताए । उनले बुटवल उद्योग बाणिज्य संघले २०६८ सालमा मोतिपूर औद्योगिक क्षेत्रको अवधारणा अगाडि सारेको स्मरण गर्दै त्यसले जिल्लाको औद्योगिक बिकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।उनले आफूले उद्योगी व्यबसायीका समस्या समाधानको लागि पहलकदमी उठाउने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो समस्याहरु उजागर गरिदिन पनि उद्योग व्यबसायीहरुलाई आग्रह गरेका थिए ।
त्यस अवसरमा कसौधन समाज युवा समितिका अध्यक्ष राकेशकुमार कसौधनले कसौधन समाजका सबै सदस्यहरु उद्योगी व्यबसायी भएको बताउँदै आफूहरुका व्यबसायिक समस्या बुझिदिन नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरेका थिए। त्यस्तै उद्यमशिलता बिकासको लागि युवा लक्षित कार्यक्रम ल्याउन समेत उनले आग्रह गरेका थिए।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कसजु सहित वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराई, कोषाध्यक्ष नविन श्रेष्ठ, सचिव मुक्ति अधिकारी सहित कार्यसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो भने कसौधन समाजका संस्थापक अध्यक्ष धर्मेन्द्र कसौधन, पूर्व अध्यक्षहरु बसन्त कसौधन, विश्वजित कसौधन, धर्मेन्द्र कसौधन लगायतको सहभागिता रहेको थियो ।त्यस्तैगरी संघको नवनिर्वाचित कार्यसमितिलाई मानव सेवा आश्रम बुटवलले पनि सम्मान गरेको छ । मानव सेवा आश्रमले आश्रममा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । त्यस अवसरमा आश्रमका अध्यक्ष रामजी अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई मानवता प्रवद्र्धन अभियानमा साथ र सहयोगको लागि आग्रह गरेका थिए । त्यस अवसरमा संघका नवनिर्वाचित अध्यक्ष कसजु र अध्यक्ष खिमबहादुर हमालले सम्मानको लागि धन्यवाद ज्ञापन गरे ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्