JanataToday.com

Advertisment

SKIP THIS

कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

तिलोत्तमा
कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले बुधबार रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा२४ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ।
तिलोत्तमा नगरपालिका ३ मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नियमित कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान जीवनदान भन्ने मुल आशयका साथ आयोजना भएको सो कार्यक्रममा सहकारी संस्थामा आबद्ध सेयर सदस्य एवं अन्य स्थानियहरुको सहभागिता रहेको थियो ।
तिलोत्तमा नगरपालिका ३ का वडाध्यक्ष टंक प्रसाद तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको प्राबिधिक सहयोग ब्लडबैंक बुटवलले गरेको संस्थाका अध्यक्ष यज्ञ प्रसाद सापकोटाले जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारी ले पहिले रक्तदान गर्नेलाई मानसिक रूपमा तयार पार्न कठिन भएको तर अहिले आएर सबैले सहजै रक्तदान गर्न थालेकोले खुसी भएको बताए। सोही क्रममा ब्लड बैंक बुटवलका राधा ज्ञवालीले हाम्रो शरीरमा बढी भएको तर पसिना र रगत बाट खेर जाने रगतलाई हामीले समय समयमा रक्तदान गरेमा जोखिममा रहेका ब्यक्तिले पुनर्जीवन पाउने बताए।
संस्थाका स्वास्थ्य बिभाग प्रमुख प्रभा भन्डारी घिमिरेको संयोजकत्वमा संचालित रक्तदान कार्यक्रमको संचालन सचिव दिपक थापाले गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij