२४ घण्टामा ४७ जनामा कोरोना पुष्टि, ६२ जना निको

२४ घण्टामा ४७ जनामा कोरोना पुष्टि, ६२ जना निको

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३५ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएकाे २४ घण्टामा ६२ जना निको भएका छन् । अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७० हजार आठ सय २८ पुगेको छ । नेपालमा आठ सय १७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणका कारण  २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । अहिलेसम्म तीन हजार १० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij