बुटवल
तिलोत्तमा बहुमुखी सहकारी संस्थाको भगिनी संस्था टिएमसि सिस्टर्स सोसाइटी तिलोत्तमा ३ को भेला शनिबार सम्पन्न भएको छ ।
सिस्टर्स सोसाइटी ३ की अध्यक्ष हिरा पौडेल अधिकारीको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका संचालक रामकृष्ण खाँणको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष माधवलाल देवकोटाको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा प्रमुख अथिति खाँणले सहकारीले सिष्टर्स सोसाइटि मार्फत महिलाहरुको आर्थिक सशक्तिकरमा महत्पूर्ण भुमिका खेलेको बताए । सिप मुलक कार्यक्रमहरु संचालन गरी महिलाहरुलाइ आत्मनिर्भर गराउने कार्यक्रम र योजना संचालन गर्नु पर्नेमा खाँणले जोड दिए ।
सहकारीका अध्यक्ष माधवलाल देवकोटाले टिएमसिको बर्तमान अवस्था र संस्थाबाट प्रदान गरिने सेवा सुबिधा सम्बन्धमा प्रकाश पारेका थिए । सहकारीमा हाल ३५ सय बढी सदस्य रहेको र ५५ करोड बराबरको कारोबार गरेको अध्यक्ष देवकोटाले जानकारी दिए । सहकारीले क्यु आर कोर्डको प्रयोग गरी इ टेलर भुक्तानी सुविधा सुरु गर्नुका साथै इसेवा र खल्ती एपको माध्यमबाट भुक्तानीको व्यवस्था गरेको जानकारी गराए ।शुद्धोधनबाट समेत सेवा प्रदान गरीरहेको सहकारीले समुदायमा आधारित स्वास्थ्य शिक्षा पर्यावरण र महिला सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्दै आएको सहकारीका सचिव पार्वती थापाले जानकारी दिइन । कार्यक्रममा सल्लाहकार चुडाकुमारी बिष्ट,कृष्णबहादुर गौतम,टेकबहादुर थापा,कल्पना रेग्मि आर्चाय,यादा क्षेत्री, प्रेमा भट्टराई,गिता उपाध्याय लगायतले बोलेका थिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्