आँखा अस्पताल तथा उपचार केन्द्र हरुको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

आँखा अस्पताल तथा उपचार केन्द्र हरुको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

OLYMPUS DIGITAL CAMERA

बुटवल

नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल को आयोजनामा संचालित अर्ध वार्षिक समिक्षा बैठक बुटवल लायन्स आँखा अस्पताल को प्रायोजनमा अस्पताल सभाहल मा आज सम्पन्न भएको छ ।
कार्यक्रम लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको सभापतित्व, नेपाल नेत्र ज्योति संघ केन्द्रिय अध्यक्ष प्राध्यापक डा. चेतराज पन्तको प्रमुख आतिथ्य, प्रायोजक संस्था बुटवल लायन्स आँखा अस्पतालका सभापति रामेश्वर श्रेष्ठ लगायत नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्यसमितिका पदाधिकारी ज्यूहरु, जिल्ला शाखाका अध्यक्ष तथा पाल्पा लायन्स लाकौल आँखा अस्पताल, डा.विनोद निता कण्डेल आँखा अस्पताल, तौलिहवा सेकेण्डरी आँखा अस्पताल, कृष्णनगर शाखा आँखा अस्पताल, प्युठान आँखा उपचार केन्द्र, अर्घाखाँची आँखा उपचार केन्द्र, गुल्मी आँखा उपचार केन्द्र का सभापतिहरु, मेडिकल डाईरेक्टरहरु, अस्पताल ब्यवस्थापकहरु, क्लिनिक ईन्चार्जहरु, बाह्य कार्यक्रम संयोजकहरु, सेवा फाउण्डेशनका क्षेत्रिय कार्यक्रम निर्देशक रविन्द्र शाक्य तथा प्रोग्राम डाईरेक्टर राम प्रसाद कण्डेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि सम्पूर्ण अस्पताल तथा आँखा उपचार केन्द्र का प्रतिनिधिहरुले आ.व.२०७७।२०७८ को ६ महिनामा सम्पन्न गरेका कार्यहरु तथा आर्थिक पक्षको को बारेमा जानकारी तथा आउने दिनहरुमा गर्ने कार्यक्रमहरु बारे पनि उपस्थित सबैमा जानकारी गराएका थिए।
समापन कार्यक्रम बुटवल लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले अतिथिहरु र सहभागि शाखाहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो र नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सचिव राजेन्द्र प्रसाद पन्थीको संचालनमा भएको थियो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij