काठमाडौं, फागुन २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका हुन् ।योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ ।हालसम्म ८२५ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्ले २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७ जनामा संक्रमण पुष्टि भएको छ।जसमध्य काठमाडौंका २४, ललितपुरका २ र भक्तपुरका १ जनामा संक्रमण थपिएका छन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्