बुटवल ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा टिकापुर उद्योग बाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गरिएको छ । टिकापुरबाट जिल्ला नगर उद्योग बाणिज्य संघहरुको भ्रमणमा निस्किएको टोलीलाई आईतबार बुटवल उद्योग बाणिज्य संघमा स्वागत तथा भेटघाट गरिएको हो ।
टिकापुर उद्योग बाणज्य संघको कार्यसमितिको भ्रमण टोलीलाई स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले संघले यस क्षेत्रमा उद्योगी व्यबसायीको हकहित तथा व्यबसायिक समस्यामा गरेको पहलकदमीको बारेमा जानकारी गराएका थिए े ।
त्यस्तै टिकापुर उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले पनि टिकापुरले गरेको कामहरुको बारेमा जानकारी गराउँदै जिल्ला नगर उद्योग बाणिज्य संघले हासिल गरेका अनुभवहरु आदान प्रदानको लागि भ्रमणमा निस्किएको र भ्रमणका क्रममा प्राप्त उपलब्धिहरुलाई आफ्नो संघमा प्रयोग गर्ने उल्लेख गरे ।
बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुले २०१० सालमा स्थापना भएको संघले २०४१ सालमा उपत्यका बाहिर पहिलो पटक औद्योगिक व्यापार मेला सञ्चालन गरेको र त्यसयता मुलुकमा मेला तथा महोत्सवका कार्यक्रमले व्यापकता पाएको बताउँदै जिल्ला नगरका समान प्रकृतिका समस्या समाधानको लागि संवाद र सहकार्यको लागि समेत आग्रह गरे ।
नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले टिकापुर उवासंघको आर्थिक व्यबस्थापन, सदस्यता वितरण लगायतका बिषयमा जानकारी लिएका थिए। त्यस अवसरमा दुबै संघले गरेका कार्यहरु, उद्योगी व्यबसायीका समस्या र समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा अनुभवहरु साटासाट गरिएको थियो । स्वागत तथा भेटघाट कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका कार्यकारी दिर्नेशक मदनकुमार कार्कीले सचिवालय व्यबस्थापन, संघले गर्दै आएका कामहरु तथा समसामयिक विषयबस्तुमा प्रस्तुती गरेका थिए। कार्यक्रमको सञ्चालन नवनिर्वाचित महासचिव बिमलराज भट्टराईले गरेका थिए । त्यस अवसरमा दुबै संघले मायाँको चिनो समेत आदान–प्रदान गरेका थिए ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्