कञ्चन
आइतवार देशभर दोश्रो चरण अन्तर्गत पहिलो दिन ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुले कोभिड १९ बिरुद्धको खोप लगाएका छन । ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई पहिलो पटक कोभिड १९ बिरुद्धको खोप लगाइएको हो ।सर्बसाधरणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ बिरुद्धको खोप लगाई शुरुवात गरेका थिए ।
यता स्थानिय स्तरमा भने कञ्चन गाउपालिकाको गजेडी स्वास्थ्यचौकीमा रहेको खोप केन्द्रमा लुम्बिनी प्रदेश सभा सदस्य तथा रुपन्देही क्षेत्र नं। ५ ९क०का सभासद भुमिश्व ढकालले खोप लगाई सर्बसाधरणका लागि कोभिड १९ बिरुद्धको खोप शुभारम्भ गर्नु भएको थियो भने गैडहवा गाउपालिकामा भने गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले केभिड बिरुद्धको खोप लगाई खोपको शुरुवात गर्नु भएको थियो ।
कञ्चन गाउपालिकामा ३ सय ७८ जना र गैडहवामा ५ सय ३८ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन। कञ्चनमा १ सय ७७ जना महिला र २ सय १ जना पुरुष मध्ये १ जना जनप्रतिनीधि,२ जना सुरक्षाकर्मी,कर्मचारी ८ जना र १ जना संचारकर्मीले कोभिड १९ बिरुद्धको खोप लगाएको कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकाी दिनु भएको छ। रुद्रपुर स्वास्थ्य चौकीमा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री,स्वास्थ शाखा प्रमुख राम प्रसाद गौतम,डाक्टर बिष्णु खरेल लगायतको सहभागिता रहेको रुद्रपुर स्वास्थ्यचौकीका इन्चार्ज विमला पाण्डेले जानकारी दिनु भएको छ। यसैगरी गजेडी स्वास्थ्यचौकीको खोप केन्द्रमा लुम्बिनी प्रदेश,रुपन्देही क्षेत्र नं। ५९क०का सभासद भुमिश्वर ढकाल,कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री,प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेत,स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम लगायतले सहभगिता जनाई जेष्ठ नागरिकहरुका लागि कोभिड १९ बिरुद्धको खोप लगाउन प्रोत्साहित गर्नु भएको गजेडी स्वास्थ्यचौकीका इन्चार्ज गिताराम रिजालले जानकारी दिनु भएको छ।
यसैगरी गैडहवा गाउपालिकामा २ सय ५६ जना महिला र २ सय ८२ जना पुरुष गरी ५ सय ३८ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएको गैडहवा गाउपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्र चौहानले जानकारी दिनु भएको छ। गैडहवाका सूर्यपुरा स्वास्थ्यचौकी,कर्महवा स्वास्थ्यचौकी,जोगडा स्वास्थ्यचौकी र सांडी स्वास्थ्यचौकीमा रहेका खोप केन्द्रहरुमा ११ जना कर्मचारी,७ जना जनप्रतिनीधि,१ जना स्वयम सेविका गरी ५ सय ३८ जनाले खोप लगाएको र ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुको उत्साहका साथ खोप केन्द्रहरुमा कोभिड बिरुद्धको खोप लगाउन सहभागिता रहेको जनस्वास्थ्य निरीक्षक चौहानले जानकारी दिनु भएको छ।
गैडहवाका चारवटै खोप केन्द्रहरुमा गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवट,प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरे,जनप्रतिनीधि लगायतले खोप केन्द्रहरुमा कोभिड १९ बिरुद्धको खोप लगाई ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई खोप लगाउन हौसला प्रदान गर्नु थियो
प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्