३ चैत्रसम्मका लागि संसद बैठक स्थगित

३ चैत्रसम्मका लागि संसद बैठक स्थगित

काठमाडौं – संसदको सातौं अधिवेशनको दोस्रो बैठक सकिएको छ । पुनः ३ चैत्रमा बस्ने गरी बुधबारको बैठक सकिएको सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई जानकारी गराए । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।

आजको बैठक शुरु हुनुअगावै प्रधानमन्त्री केपी शर्मा ओली भने बाहिरिएका थिए । यसअघि गत २३ गते बसेको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी थिएनन् ।

आजको बैठकले १४ जना पूर्व तथा बहालवाला सदस्यको शोक प्रस्ताव पारित गरेको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार प्रतिनिधि सभा सदस्यहरु सानु शिवा, सूर्यबहादुर केसीसँगै संविधान सभाका सदस्य रहेका मानपुर चौधरी र भीमप्रसाद गौतमको शोक प्रस्ताव पारित गरिएको हो ।

त्यस्तै पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ, वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बु, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा र डा. शंकरप्रसाद उप्रेतीको शोक प्रस्ताव पनि पारित भएको हो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij