दलित पत्रकार संघको राष्ट्रिय भेला

दलित पत्रकार संघको राष्ट्रिय भेला

परिर्वतन उल्ट्याएर अनिष्ठ निम्त्याउन खाजीयो –दाहाल

बुटवल -नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
मुलुकले प्राप्त गरेको परिवर्तनलाइ उल्ट्याएर फेरी एक पटक
अनिष्ट निम्त्याउन खोजीएको बताएका छन ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम अधिवेशनलाइ आज
बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता र लोकतान्त्रिक
गणतन्त्रलाइ नै उल्ट्याउने ठुलो षणयन्त्र भएको बताएका हुन
। मुलुकले प्राप्त गरेका उपलब्धि र परिर्बतन मन नपराउने देशभित्रका
प्रतिक्रियावादी शक्ति र देश बाहिरका दक्षिण पन्थी
प्रतिक्रियाबादी शक्ति मिलेर परिर्बतन उल्ट्याइ छाड्ने कसरतमा
लागीरहेको दावी दाहालले गरे ।
संसद बिघटन त्यसकै एक खुटकीलो भएको उल्लेख गर्दै उनले
आफुहरुको आन्दोलनको बलमा त्यो बदर भएपनि फेरी त्यस्तै
घटना दोहोरीएको उल्लेख गरे । सर्वोच्चको पछिल्लो फैसलाप्रति
इंकित गर्दै उनले भने ‘तीन बर्ष पछि जन्मेको बच्चालाइ
आमाकै गर्भमा फिर्ता पठाउ भन्ने जस्तो अनौठो र अस्वभाविक परिघटना देख्नु परेको छ । हुनै नसक्ने कुरा पनि हुन थालेको छ ।यसले देशमा केही अनिष्ठ हुँदैछ भन्ने शंकेत हो’ दाहालले भने ।मुलुकले प्राप्त गरेको उपलब्धी र परिबर्तनलाइ कुल्चेर मुलुकलाइ
तानाशाही र निरकुंशता तर्फ लैजान खोजीए फेरी एक पटक
शान्तिपूर्ण आन्दोलनको आँधिबेहेरी आउने उनले बताए । तर
अन्दोलन शान्तिपूर्ण हुने पनि उनले दोहोरयाए । परिर्वतनकालागि
महत्वपूर्ण भुमिका खेलेका नेताहरुलाइ बदनाम गर्ने र
घेराबन्दीमा पार्ने काम भइरहेको पनि बताए । ‘१२ बुँदे
शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला
रहनुभएन । अहिले म जीवित छु त्यसैले मलाइ घेराबन्दी गरीएको
छ’ पुर्व प्रधानमन्त्री समेत रहेका दाहालले भने ।
पछिल्लो समय देशमा दुइवटा राजनीति धार देखा परेको उनले बताए
। ‘एउटा संविधानको रक्षा गर्ने र अर्को संविधानलाइ कुल्चिएर
हत्या गर्ने र देशमा तानाशाही तर्फ लैजाने धार छ’दाहालले भने
। संविधानले दलित, मधेसी,जनजाती, महिला तथा पिछडीएको
बर्ग,जनतालाइ दिएको अधिकारलाइ अझ बिकसित र परिमार्जित
गर्नुपर्नेमा प्राप्त अधिकारलाइ नै मेटेर पछाडी फकर्ने कुचेष्टा
गरीएको उनले बताए ।
हजारौंको बिलदानीबाट प्राप्त गरेका अधिकारलाइ संरक्षण गर्दै
अग्रगमनको बाटोमा हिँडन उनले दलित समुदायलाइ आग्रह पनि
गरे । लामो समय दलित भएकै कारण भोग्नु परेका अन्याय अत्याचार
र बिभेदका बिरुद्ध राज्यले दलित समुदायलाइ क्षतीपुर्ति दिनु पर्ने
भन्दै उनले त्यसकालागि दलित समुदायका पत्रकार संगै सिंगोपत्रकारीता जगतले आवाज उठाउनु पर्ने बताए । अध्यक्ष प्रचण्डले
पत्रकार महासंघ या मुलधारका मिडीयाहरुको नेतृत्व तहमा पनि अव
दलित पत्रकारहरुको उपस्थिती बलियो बनाउन आफनो पार्टीले
सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij