बुटवल
पश्चिम नेपाल बस व्यबसायी प्रालिको प्रथम अधिवेशनबाट एमाले माओवादी प्यानलले बहुमत प्राप्त गरेको छ । ११ सदस्य सञ्चालक समितिको लागि भएको अधिवेशनबाट एमाले माओवादी प्यानलबाट ८ र प्रजातान्त्रिक प्यानलबाट ३ जनाले जित हात पारेका छन् । एमाले र माओवादी केन्द्र निकटका व्यबसायीहरु दधिराम खरेलको नेतृत्वमा र नेपाली निकटका व्यबसायीहरु प्रजातान्त्रिक प्यानल बनाएर पदम गाहाको नेतृत्वमा चुनावमा रहेका थिए ।
११ सदस्य सञ्चालक समितिको लागि भएको अधिवेशनको मत परिणाम अनुसार खरेल प्यानलबाट खरेलले १३३८ मत, जीवनकुमार वञ्जाडेले १५३० मत, रामचन्द्र भुसालले १३८६ मत, मोहन पिएसले १४८४ मत, चेतनारायण वेलवासेले १३५७ मत, नारायणप्रसाद घिघिरेले ११४६ मत, गोपाल पौडेल १२९० मत र कृष्णप्रसाद सापकोटा ११४९ मत सहित विजयी भएका हुन ।
त्यस्तै पदम गाहाको नेतृत्वमा बनेको लोकतान्त्रिक प्यानलबाट ३ जना निर्वाचित भएका हुन। यो प्यानलको नेतृत्व गरेका गाहाले १३८९ मत, कृष्णप्रसाद पाण्डे १११७ मत र सुरेन्द्र श्रेष्ठ १४२२ मत सहित विजयी भएका हुन।
२०२६ सालमा स्थापित पश्चिम नेपाल बस व्यबसायी संघ २०७६ सालमा प्रा.लि.मा रुपान्तरण भएको थियो । २ हजार ५ सय बढी बस रहेको पश्चिम नेपाल बस व्यबसायी प्रा.लि.को प्रथम अधिवेशनमा २ हजार ३९६ मतदाता मध्ये २ हजार ८६ जनाले मतदान गरेका थिए । प्रा.लि.मा रुपान्तरण भएपछि यो पहिलो अधिवेशन हो । अधिवेशनबाट निर्वाचित ११ जना सञ्चालकबाट अध्यक्ष चुनिने व्यबस्था छ ।
प्रकाशित मिति : आइतबार, चैत्र १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्