माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरु

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुरु भएको छ । पेरिसडाँडामा शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ्ग गर्नेछन् ।

तीन वर्षपछि बसिरहेको माओवादी केन्द्रको यो बैठकले पार्टीको संगठन पुनर्संरचनाबारे समेत छलफल गर्ने एक नेताले बताए । यसअघि गत शुक्रबार केन्द्रको स्यायी कमिटी बैठक बसेको थियो । उक्त बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य बनेका २३ जना नेताहरुलाई सरकारबाट फिर्ता आउन र २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेकपा साविककै अवस्थामा पुगी माओवादी केन्द्र र एमाले ब्युँतिएका छन् ।

प्रकाशित मिति : आइतबार, चैत्र १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij