काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । भण्डारीले छलफलका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दललाई दिउँसो ४ बजे शीतल निवास बोलाएकी हुन् ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूलाई छलफलमा बोलाइएको जानकारी दिए । फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गर्दै साविककै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि दलहरुबीच सत्ताका लागि संघर्ष चलिरहेको छ ।
प्रधानमन्त्री ओली सत्ता जोगाउने हिसाबमा छन् भने अन्य दलहरु ओलीलाई बिदा गरेर आफू त्यहाँ पुग्ने जोड घटाउमा लागेका छन् । यस्तोमा राष्ट्रपति भण्डारीले बोलाएको बैठकलाई अर्थपूर्ण मानिएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्