काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले संदसीय दलको बैठक आह्वान गरेका छन् ।
ओलीले बिहीबार बिहान ११ बजेका लागि सरकारी निवास बालुवाटारमा बैठक आह्वान गरेको नेता विशाल भट्टराईले जानकारी दिए ।
ओलीले पछिल्लो समय विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्नको लागि बैठक आह्वान गरेका हुन् । ‘खासगरी समसायिक विषयमा कुराकानी गर्नको लागि छलफल आह्वान गर्नुभएको हो,’ नेता भट्टराईले भने, ‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको हो ।’
प्रकाशित मिति : बुधबार, चैत्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्