JanataToday.com

Advertisment

SKIP THIS

कोरोना कहर र मानसिक समस्या

कोरोना कहर र मानसिक समस्या

 

बुटवल – बुटवल उपमहानगरपालिकाल वडा नम्बर ३ बस्ने कृष्ण बहादुर पाण्डे कोभिड १९ को संक्रमण नेपालमा भित्रिए संगै लामो समयको बन्दाबन्दीले गर्दा जागिर गुमाउनु परेको बताउछन् । उनले जेनतेन जागिर गरेर घरपरिवारको सामान्य लालनपालन गर्न हम्मे हम्मे परेको बेला नेपालमा कोभिड १९को महामारीले गर्दा भएको सानो जागिर गुम्दा आर्थिक समस्यासंगै मानसिक समस्या उत्पन्न भएको बताएका छन ् । लामो समय बन्दाबन्दीको समयमा केही समय घरमै बसेर खाँदा भएको खाद्यान्न पनि सकियो अब कसरी परिवार पाल्ने हो भन्ने चिन्ता मा परेको दुःखेको पोखेका छन् । यि त भए प्रतिनिधि पात्र मात्र त्यस्तै तिलोत्तमा नगरपालिकाल वडा नम्बर ४ निवासी माया गिरी पनि सोही समस्यामा पिरलिरहेको बताउछिन् । घरको आर्थिक अवस्था निकै कमजोर भएको र काम नगरी खाने बस्ने समस्या बाट ग्रसित माया नेपालमा कोभिड १९ को संकूमण नेपालमा भित्रिए संगै ठूलो सस्यामा परेको र अहिले शारीरिक समस्या पनि उत्पन्न भएको बताउछिन् । अहिले उनीमा रातिमा निन्द्रा नलाग्ने, छटपटी लाग्ने , खान मन नलाग्ने, नकारात्म सोचाई आइरहने, जीवनप्रति निरासा हुने, मनमा डर, भय उत्पन्न हुने , आत्महत्या गर्नै जस्ता सोच उत्पन्न भएको बताउछिन् । यसरी कोभिड १९ को महामारी जति बढदै गएको छ मानिसहरुका समस्याहरु पनि झनै विकराल बन्दै गएका छन् । र अझै विकराल अवस्था आउन सक्ने सम्भावना पनि छ । लामो समयको कोरोना कहर संगै विभिन्न उद्योगहरु ठप्प भए, बिहान बुेलुका हातमुख जोडनेहरुको ।रोजीरोटी हराए नागरिकलाई ससंकित बनाएको कोरोना कहरले गर्दा भोकमरी संगै कोभिड १९ संक्रमित हुने डरले जनमानसमा समस्या उत्पन्न गरेको छ यसरी नेपालमा कोभिड १९ को संक्रमित हुनेको संख्ङया संगै मानसिक समस्या पनि बढदै गएको विभिन्न अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाहरुले बताएका छन् । पहिले मानसिक रोगीहरुको अवस्था भन्दा अहिले कोरोना कहर पछि विकराल रुप लिएको बताएका छन् । अहिले विशेष गरे अस्पतालमा कोभिड १९ प्रतिको डरले गर्दा आर्थिक समस्याले गर्दा मनमनै बेचैनी हुने , रातभर छटपटी हुने , मन डराउने , जीवन देखि निराश हुने , आत्महत्याको प्रयास गर्ने जस्ता समस्या लिएर अस्पताल आउने गरेको बताउनु हुन्छ पृश्वीचन्द्र अस्पताल नवलपरासीमा कार्यरत मनोचिकित्सक डा शुरज तिवारी बताउँछन् । त्यस्तै अहिले मानसिक समस्याको बारेमा पनि खुलेर बोल्न थालेका छन् पहिले हाम्रो समाजमा मानसिक समस्या भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्नु, मानसिक समस्या पनि शारीरिक समस्या जस्तै हो भन्ने सोचको विकास हुन नसेकाका कारण समस्यालाई लुकाउनु पर्ने बाध्यतात्मक अवस्था सृजना भएको बताउछिन् मानसिक समस्याकी बिरामी उर्मिला श्रेष्ठ उनले लामो समय आफूलाई के भएको भन्ने थाहा नभएको र नियमित समस्या भए पछि कसैले थाहा नपाउने गरी मेडिकलमा परामर्शका लागि पुगिन् र उनी आफु मानसिक समस्यामा फसेको थाहा पाइन् । पहिले लुकेर औषधी खानुपर्ने बाध्यात्म अवस्था अहिले परिवर्तन भएको छ । कोरोना कहरले निम्ताएको समस्या संगै विभिन्न समस्याले मानिसहरुलाई मनोवैज्ञानिक असर गरे संगै अहिले खुलेर अस्पताल जाने देखि लिएर खुलेर बोल्न थालेका छन् । यता मानसिक रोगका बिरामीहरुले आफना समस्याहरु समयैमा व्यक्त गर्न सके र अस्पतालमा डा को परार्म संगै नियमित औषधी सेवन गरे निको हुने बताउछन् मनोचिकित्सक डा शुरज तिवारी हाम्रो समाजमा मानसिक रोगबारे कम सचेतना संगै मानसिक रोगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेर यस्ता रोगीहरु जीर्ण बन्दै र पछि मृत्युको मुखमा पर्न सक्ने सम्भावना भएको डा बताउछन् । यसरी समयमै सही परार्मश र उपचार हुन सके हरेक समस्याको समाधान र सुखी र खुसी जीवनयापन गर्न सकिने विभिन्न स्वाथ्यकर्मीहरु बताउछन् ।

प्रकाशित मिति : बुधबार, चैत्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij