काठमाडौं – नर्भिक अस्पताल उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णण गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी दिए ।
शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल अस्पताल पुगेका थिए । उनले जोशीका परिवारका सदस्यसँग भेटेका थिए । जोशीको अवस्थाबारे चिकित्सकहरूले जानकारी गराएका छन् ।
गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो । उनलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्