आफूले चालेको कदम असंवैधानिक ठहर भएपछि प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन ?

आफूले चालेको कदम असंवैधानिक ठहर भएपछि प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन ?

काठमाडौं – प्रतिनिधि सभामा नेपाली कांग्रेसको संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सरकारले संविधानको पालना गर्छु भन्न नसुहाउने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खाँणले सरकारले संविधानको पालना र लोकतन्त्रको रक्षा गर्छु भन्ने दाबी पटक पटक गरेपनि सरकारका गतिविधिले ऊ संविधानप्रति प्रतिबद्ध नभएको पुष्टि हुने गरेको दाबी गरेका हुन् ।

सरकार बनेदेखि नै संविधानमाथि प्रहार गरेको भन्दै खाँणले भने ‘म यो सरकारका प्रधामन्त्री र मन्त्रीहरुलाई सोध्न चाहन्छु, तपाईँहरु छातीमा हात राखेर भन्नुस् जुन, स्पिरिटका साथ हामीले संविधान बनाएका थियौं त्यो स्पिरिट सरकारले कायम गरेको छ ?

सरकारले संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको दाबी गर्ने गरेको भएपनि व्यवहारमा त्यसो हुन नसकेको उनको आरोप छ ।

खाँणले अविश्वासको प्रस्ताव वा महाअभियोग आउँछ भन्ने हल्लाका भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नै विघटन गरेकोप्रति आपत्ति जनाए । ‘महाअभियोग आउँछ भनेर संसद नै भङ्ग गरिदिने ? खाँणले भने, ‘महाअभियोग आए त सामना गरे भइहाल्थ्यो नि ।’

प्रधानमन्त्री विधिको शासनको पक्षमा रहेको भए प्रतिनिधि सभा विघटन गर्ने निर्णय अदालतले गलत भनिदिइसकेपछि राजीनामा दिनुपर्नेमा अझै नदिएको खाँणले बताए । सर्वोच्च अदालतले नै असवैधानिक कदम भनिसकेपछि कानूनको पालना गर्छु भन्ने सरकारले राजिनामा दिनुपर्छ कि पर्दैन ? खाँणले प्रश्न गरे ।

कोभिड १९ ले आम नागरिकलाई हैरान बनाएका बेला त्यसबारेमा छलफल गर्नुपर्ने बेला प्रतिनिधि सभा विघटन गरेर अलोकतान्त्रिक चरित्र देखाएको खाँणले बताए ।

सरकारले संविधान र संसदको मान बढाउने काम नगरेको उनले आराेप लगाए । यो सरकारले पटक पटक विचार र अभिव्यक्तिको स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको स्मरण गर्दै खाँणले माइतीघर रत्नपार्कलगायत सार्वजनिक ठाउँमा भेला हुन नपाइनेदेखि, मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक आदि ल्याएर पटकपटक विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij