कञ्चन अटो प्रा.लि.को दोश्रो साधारण सभा सम्पन्न

कञ्चन अटो प्रा.लि.को दोश्रो साधारण सभा सम्पन्न

कञ्चन
कञ्चन अटो प्रा.लि।कञ्चन३,रुपन्देहीको दोश्रो साधारण सभा सम्पन्न भएको छ । कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले प्रा।लि।को बार्षिक प्रतिबेदन सहित नयां बार्षिक कार्ययोजनाको तर्जुमा गरेको छ।
साधारण सभामा सहभागी अटो व्यबसायीहरुलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले अटो व्यबसायीहरु एक भएर कञ्चनवासीको सेवा गर्दै आत्म निर्भर बन्ने अभ्यास गरेकोमा खुशी व्यक्त गर्नु भएको छ। आफ्नो व्यबसायिक क्षेत्रलाई सेवामुखी, मयार्दित र अनुशासित भएर सेवाग्राहीहरुलाई सेवा दिन आग्रह गर्दै स्वदेशमै बसेर आत्म निर्भर बन्न खोजेका युवाहरु अध्यक्ष क्षेत्रीले गाउपालिकाको अध्यक्षसंग युवा उधमी कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको थियो ।
यस्तै बिशिष्ट अतिथि तथा वडा नं.५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले अटो व्यबसायीहरले सेवाग्राहीहरुको सुरक्षित सेवा संगै भाडामा समायोजन गर्नु पर्ने सुझाव दिनु भएको थियो भने अर्का बिशिष्ट अतिथि तथा वडा नं.४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले अटो व्यबसायीहरुले ट्राफिक नियमको पुर्ण पालना गरी सबै अटो व्यबसायीहरुले अनिवार्य लाइन्सेस व्यबस्था गर्नु पर्ने बताउनु भएको थियो ।
यस्तै वडा नं३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले मर्यादित व्यबसायले मात्र आफ्नो हरेक व्यबसाय दिगो हुने र व्यबसायबाट भएको आम्दानीलाई सही ठाउमा सदुपयोग गर्न सके आफुले अंगालेको व्यबसाय सफल हुने र आत्म सन्तुष्टिको आधार बनाउन सकिने बताउनु भएको छ। यसैगरी बुटवल यातायात प्रा.लि.का सचिव लाल प्रसाद शर्माले अटो व्यबसायीहरु संगठित भएर व्यबसायिक दिगोपन दिन र व्यबसायीहरुको समस्याहरुको समाधान गरी सुरक्षित र आत्म निर्भर बनाउन उत्साहित गर्न सकिने बताउनु भएको छ।
अस्थायी प्रहरी चौकीका इन्चार्ज सिताराम यादव,नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष टिकाराम सापकोटा,पुर्व अटो व्यबसायी मनोज कुंवर,प्रा।लि।का उपाध्यक्ष पुष्पमणी पौडेल,दयाराम शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रममा कञ्चन अटो प्रा।लि।का अध्यक्ष लोक बहादुर श्रीसले प्रा।लि।को बाािर्षक प्रगती प्रतिबेदन तथा कोषाध्यक्ष कुल बहादुर श्रीसद्वारा आर्थिक प्रतिवेदन गर्नु भएको थियो भने साधारण सभाले प्रा.लि।को भाडा दर,लेखा परिक्षक नियुक्त र कम्पनीको संस्थागत बिकासका लागि संचालन गरिने बाािर्षक कार्ययोजना समेत छलफल सहित अनुमोदन गरेको छ।
एक करोड रुपैया पुँजी भएको कञ्चन अटो प्रालिमा ६० जना अटो व्यबसायीहरु आवद्ध रहेका छन भने संस्कार द होटल,कञ्चन ३,हरैयामा भएको साधारण सभामा प्रा.लि.का सचिव यम प्रसाद पौडेलले स्वागत गर्नु भएको थियो

प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij