गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइँदै

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइँदै

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइँदैछ । उहाँको सम्झनामा कांग्रेसले आज दिउँसो चितवनमा एक कार्यक्रमको आयोजना गरेको सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले जानकारी दिनु भयो ।

कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत हुन् ।

उनकै नेतृत्वमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउँदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो । कोइरालाकै अगुवाईमा २०६२/६३ सालको दोस्रो जनआन्दोलन सफल भएको थियो ।

जीवनको ६० वर्षभन्दा धेरै समय राजनीतिमा संलग्न हुनु भएका कोइरालाको जन्म १९८१ असार १८ गते भारत बिहारमा भएको थियो । नेपाली राजनीतिमा कोइरालाको योगदानलाई अतुलनीय रहेको भन्दै स्मरण गर्ने गरिन्छ ।

प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij