काठमाडौं – नेपाल पछिल्लो २४ घण्टामा थप एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमवार थपिएकासहित नेपालमा कुल दुई लाख ७६ हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार २० पुगेको छ ।
अहिले नेपालमा एक हजार १७ जना सक्रिय सङ्क्रमित रहेका छन् । भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप तीन जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्