कांग्रेसले सरकार बनाउन मरिमेटेको छैन : देउवा

कांग्रेसले सरकार बनाउन मरिमेटेको छैन : देउवा

विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले साे कुरा बताएका हुन् ।

कांग्रेसले सरकारमा जान मरिहत्ते नगरेको भन्दै उनले प्रतिपक्षकै भूमिकामा रहने बताए । ‘कांग्रेसको नेतृत्वमा सरकार बनाउनको लागि हामी मरिमेटेका छैनौं,’ देउवाले भने, ‘हामी विपक्षी पार्टी हो, हामीले विपक्षी पार्टीको रुपमा भूमिका खेलेका छौं ।’

अनिश्वासको प्रस्ताव ल्याउने बारेमा उनी बोलेनन् । प्रतिपक्षी भएको कारण प्रतिपक्षीको नै भुमिका रहेने भन्दै देउवाले अविश्वासको प्रस्ताव ल्याउने पक्षमा पनि पार्टी नभएको स्पष्ट पारे । ‘अविश्वासको प्रस्ताव जसले ल्याएपनि हुन्छ,’ उनले भने, ‘हामी प्रतिपक्ष हौँ, अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन ।’सरकार पनि नबनाउने ? अविश्वासको प्रस्ताव पनि नल्याउने भए अहिलेको सरकारलाई स्वीकार गरेर जान लाग्नु भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने- ‘हामी विपक्षी पार्टी भनेको सुन्नु भएन, हामी विपक्षी पार्टी ! विपक्षी पार्टी !! विपक्षी पार्टी हो !!!’

प्रकाशित मिति : मंगलबार, चैत्र १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij