काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक आह्वान गरेका छन् । नेता सुवासचन्द्र नेम्वाङ्गले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले शुक्रबार ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
बालुवाटारमा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता नेम्वाङ्गको भनाइ छ । ‘भोलि ३ बजेका लागि बैठक आह्वान गर्नुभएको छ प्रधानमन्त्रीज्यूले,’ नेम्वाङ्गले भनेका छन्, ‘खास रुपमा नयाँ विषय होइन ।’
यसअघि पनि बैठक बालुवाटारमै बसेको थियो । उक्त बैठकलाई विपक्षी एमालेले बहिस्कार गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्