पछिल्लो २४ घन्टामा विश्वभर ६ लाखभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। यस्तै‚ सोही अवधिमा करिब १० हजार जनाको मृत्यु भएको छ। ब्राजिलमा संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा झण्डै एक लाख संक्रमित थपिएका छन् भने दुई हजार ६३९ जनाको मृत्यु भएको छ। सोही अवधिमा अमेरिकामा ६२ हजार ६०० संक्रमित थपिँदा एक हजार २४ जनाको मृत्यु भएको छ।
छिमेकी मुलुक भारतमा पनि संक्रमण दर उकालो लागिरहेको छ। त्यहाँ एकै दिन ५९ हजार संक्रमित थपिएका छन् भने २५७ जनाको मृत्यु भएको छ। त्यसैगरी फ्रान्समा ४५ हजार ६००, टर्कीमा २८ हजार ७००, इटलीमा २३ हजार ७००, जर्मनीमा २२ हजार २००, रसियामा नौ हजार २०० र बेलायतमा ६ हजार २०० संक्रमित थपिएका छन्।
विश्वमा हालसम्म कुल संक्रमितको संख्या १२ करोड ६० लाख ३३ हजार पुग्दा २७ लाख ६६ हजार २९८ जनाको मृत्यु भएको छ। यस्तै‚ १० करोड १७ लाख संक्रमित संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्