वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन सरकारको अपिल

वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन सरकारको अपिल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक्कासी काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।

अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यका भित्रको वायु प्रदूषण निकै बढेको मन्त्रालयले जनाएको छ । यसले श्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्याहरु देखापर्ने भन्दै मन्त्रालयले सावधानीका सम्बन्धमा पाँच बुँदै अपिल जारी गरेको हो ।

मन्त्रालयले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयल अत्यावश्यक नभइ सवारी साधनहरु नचलाउनसमेत अनुरोध गरेको छ । सवारी साधना वा पेशा व्यवसायका कारण हुन सक्ने वायु प्रदूषणका कारणहरुलाई कम गर्नसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij