इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको ज्यान गयो, सयौँ घाइते

इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको ज्यान गयो, सयौँ घाइते

काठमाण्डौ ।

इजिप्टको सोहाग प्रान्तको टहटा शहर नजिकै शुक्रबार भएको रेल दुर्घटनामा परि ३२ जनाको ज्यान गएको छ । यात्रु बोकेका दुई रेल एक आपसमा ठोक्किँदा ३२ जनाको ज्यान गएको र एक सय ६५ जना घाइते भएको बीबीसीले जनाएको छ । दुर्घटना भएको ठाउँ इजिप्टको राजधानी कायरोबाट तीन सय ६५ किलोमिटर दक्षिणमा पर्छ ।
रेलमार्गमा अज्ञात व्यक्ति आएपछि अचानक ब्रेक लाग्दा रेल दुर्घटना भएको रेल विभागका अधिकारीहरुले बताएका छन् । दुर्घटना क्षेत्रमा घाइतेहरुलाई अस्पतालसम्म पुर्याउनको लागि ७० भन्दा बढी एम्बुलेन्स पठाएको जनाइएको छ ।
इजिप्टका राष्ट्रपति अब्दुल फता अल सिसिले यो दुर्घटनाको लागि जिम्मेवार व्यक्तिलाई कडा कारबाही हुने बताउनुभएको छ ।
‘जो जसले भए पनि लापरबाही गरेर यस्तो दुर्घटना निम्तियो, उसलाई कडा भन्दा कडा कारबाही हुनेछ’, राष्ट्रपति अल सिसिले ट्वीट गर्नुभएको छ ।
इजिप्टको रेल वे प्रणाली कमजोर भएको र मर्मत नगरेका कारण बारम्बार यस्ता दुर्घटना भइरहेको बीबीसीले लेखेको छ । यो भन्दा पहिले सन् २००२ मा पनि इजिप्टमा रेल दुर्घटना हुँदा ३ सय ७३ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : शनिबार, चैत्र १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij