सैनामैनामा बन्दै बसपार्क र बहुतले व्यवसायिक भवन

सैनामैनामा बन्दै बसपार्क र बहुतले व्यवसायिक भवन

सैनामैना

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० स्थित सालझण्डीमा बहुतले व्यवसायिक भवन तथा बसपार्कको निर्माण कार्य सुरु भएको छ । सो भवनको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले शिलान्यास गरेका थिए ।

सो अवसरमा नगरप्रमुख चित्रबहादुर कार्कीले सम्वृद्ध नगर बनाउन यस क्षेत्रको विकासले भूमिका निर्वाह गर्ने उल्लेख गर्दै बसपार्कले आम्दानीको स्रोत वढाउने र नागरिकलाई यातायातको सेवासँग जोडने बताए ।

उहाँले स्थानीय सरकार निर्माण भएपछि विगतको तुलनामा विकास र परिवर्तन भएको जिकिर गर्दै स्थानीय सरकारको अभ्यास सुशासन र विकासमा एकै पटक भएको छ भने । सैनामैनाको हरेक वडामा सन्तुलित बिकास गर्दै आएको बताउदै प्रमुख कार्कीले सालझण्डी ढोरपाटा सडक राष्ट्रिय गौरवको योजना भएको र यसैसंग जोडिएर बन्न लागिएको बसपार्क र ब्यवसायिक भवनले सैनामैनामा प्रयाप्त रोजगारी र आर्यआर्जनको अवसर सिर्जना हुने बताए ।

यसबाट सालझण्डी—ढोरपाटन सडकको सौन्दर्य वढनुका साथै त्यसबाट कयौं नागरिक लाभावन्वित हुने अपेक्षा गरिएको समेत कार्कीले बताए। बसपार्कमा निर्माण हुने ब्यवसायिक भवनमा नीजि क्षेत्रको लागत सहभागिता समेत रहने बताइएको छ ।

पुर्व पश्चिम लोकमार्ग भएर यात्रा गर्ने सम्पुर्णलाई एकै छिन भए पनि सैनामैनामा आराम गर्ने र सैनामैनामै उत्पादित आर्गनिक खाजा खुवाएर पठाउने गरी सैनामैनामा बसपार्क, रिफ्रेस सेन्टर लगायतको योजनाहरु धमामध निर्माण हुदै गरेको सैनामैनाका उपप्रमुख विना रानाले बताए ।

सालझण्डी नजिकै केही महिनाअघि देखि प्रदेश सरकारको लगानीमा रिफ्रेस सेन्टर समेत निर्माणाधिन अवस्थामा छ ।

रु. ४ करोड ६३ लाख ३८ हजार ६७० लागतमानिर्माण हुन लागेको व्यवसायिक भवनमा ४६ सुविधासम्पन सटर सहित दुई शौचालय, चौपारी, टीकट काउन्टर, कार तथा बस पार्किड, हरियाली खुल्ला क्षेत्र समेत निर्माण हुने सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले बताए।
करिव १ विगाहा ७ कट्ठा १२ धुर क्षेत्रफलमा निर्माण हुन लागेको भवनको एक वर्षमा निर्माण कार्य सक्ने लक्ष्य लिइएको श्री घिसिङ्ग श्रीखण्डपुर बि.आई.एम.जे.भि धुलिखेलका संचालक सुजन गौतमले प्रतिबद्धता ब्यक्त गरे।
निर्माण शुभारम्भ भएसंगै स्थानिय उत्साही बनेका छन । नगरको यस प्रकारको योजनाले सैनामैनामा समृद्धि र बिकासको आएको स्थानिय सागर खरेलले बताए ।
बसपार्कमा ८४ बस अटने क्षमता रहेको छ । पूर्व पश्चिम लोकमार्गमा बन्ने सो बसपार्कबाट दक्षिणको नेपाल र भारतको सिमावर्ती क्षेत्र कक्रहवालाई जोडेर उत्तरतर्फको ढोरपाटन आवतजावतको समेत प्रवन्ध गर्न खोजिएको छ ।
कार्यक्रममा सैनामैना वार्ड नं १० का वडा अध्यक्ष लोक नारायण थापा, सैनामैनाका कार्यपालिका सदस्य कल्पना कुवर, नेकपा एमालेका भुमिलाल सापकोटा, नेपाली काग्रेसका महासमिति सदस्य ईन्द्र बहादुर जि.सी, सैनामैनाका प्राबिधिक अरुण खनाल लगायतले ब्यवसायिक भवनका बिषयमा बोलेका थिए।

प्रकाशित मिति : शनिबार, चैत्र १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij