कोरोनाका कारण थप तीन जनाको ज्यान गयो, ८५ जना सङ्क्रमित थपिए

कोरोनाका कारण थप तीन जनाको ज्यान गयो, ८५ जना सङ्क्रमित थपिए

काठमाण्डौ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७६ हजार सात सय ५० पुगेको छ ।
यस्तै थप ९३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार चार सय ३५ पुगेको छ । अहिले नेपालमा १२ सय ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : शनिबार, चैत्र १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij