बुटवल -नेपालमा सुनचाँदी व्यवसायीलाई आवश्यकता अनुसार सुन आपुर्ति हुन नसकेकोमा गुनासो गरेका छन ।रुपन्देही सुनचाँदी व्यवसायी संघको तिलोत्तमा मंगलापुरमा शनिबार भएको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री छबिलाल विश्वकर्माले सुनचाँदी व्यवसायीका समस्याको समाधान गर्न सुनको कोटा बढाउने काममा सरकार तत्पर रहेको बताएका छन । व्यवसायीलाई प्रयाप्त मात्रामा सुन आपुर्ति नहुनदा व्यवसाय नै धरापमा पर्न सक्ने स्थिति आएको विषयलाई समाधान गर्न आफूहरुले गृहकार्य गरिरहेको बताए।रुपन्देही सुनचाँदी व्यवसायी संघको पाचौ।साधारण सभा तथा दास्रो अबिधेसन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन।
पूर्व मन्त्री समेत रहेका विश्वकर्माले सुनचाँदी व्यबसाय कला सिप र सस्कृति संग जोडिएको बिषय भएको हुदा अलि बढि रचनात्मक हुनुपर्ने कुरामा जोड दिए । सुनचाँदी व्यवसायीहरुले मापदण्ड भित्र रहेर व्यवसाय संचालन गरेका गरेका छन् की छैनन भन्नका लागि पनि निति नियम र निर्देशिका आवश्यक पर्नेमा जोड दिए।
साथै उनले प्राप्त उपलब्धी लाई परिवर्तन गर्न धेरै ठुलो शक्ति चाहिने शक्ती प्राप्त गर्नको निम्ती संस्था आवश्यक हुने करामा जोड दिदै उनले संस्था बलियो भएपछि उपलबधी हासिल गर्न सजिलो हुने बताए।
बिशिष्ट अतिथि नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी व्यवसाय अति सम्वेदन शिल व्यवसाय भएकाले राज्यले सुरक्षा दिनुपर्ने बताए ।
राज्यले व्यवसायीलाई प्रयाप्त मात्रामा सुन नदिदा व्यवसाय नै धरापमा पर्न सक्ने स्थिति आएको भन्दै उनले व्यवसायीको माग अनुसार सुन खरिद गर्न पाउने व्यवस्था सरकारले मिलाइदिनुपर्ने माग राखे ।
अर्का बिशिष्ट अतिथी बागमती प्रदेशका प्रमुख सचिब डा। मान बहादुर बिकेले सुनचाँदी व्यवसाय व्यवसाय मात्र नभएर कला सिप र सस्कृति संग जोडिएको हुँदा यो पहिचान पनि भएको बताए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यावसायि महासङ केन्द्रिय बरिस्ठ उपाध्यक्ष अर्जुन रसाइली,केन्द्रिय सुनचाँदी बिज्ञ परामर्श समिति संयोजकप्रेम कुमार सेन्चुरी,सुनचाँदी व्यावसायि महासघंका केन्द्रीय उपाध्यक्ष जोगलाल बिक,बुटवल उद्योग बाणिज्य संघका सचिव मुक्ति अधिकारी, सिद्धार्थ उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष ठाकुर श्रेष्ठ , रुपन्देही ब्यापार संघ अध्यक्ष याम लाल लोहनी, बुटवल उपमहानगरपालिका वडा न ५ का अध्यक्ष तेज प्रसाद बिक, पत्रकार महासंघ रुपन्देहिका अध्यक्ष यानेन्द्र जिसि,डिल बहादुर बिक ,बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष दीपक विश्वकर्मा लगायतले बोल्दै बर्षोदेखि भोग्दै आएको समस्या समाधान गर्नतर्फ सरकारको ध्यानआर्कषण गराएका थिए । कार्यक्रममा दलित समुदायबाट पहलो सचिव बागमती प्रदेशका प्रमुख सचिब डा. मान बहादुर बिके र सञ्चार क्षेत्रबाट सहयोग गरेवापत पत्रकार बिनोद परियार र फूलु सुनारलाई सम्मान गरिएको थियो ।कार्यक्रम संस्थाका अध्यक्ष एम बि बिश्वकर्माको सभापतित्व कार्यसमिति सदस्य सलुजा रामदामको धन्यवाद ज्ञापन एबम साबि बिकको संचालनमा सम्पन्न भयो ।
प्रकाशित मिति : शनिबार, चैत्र १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्