कोरोनाको संक्रमण फैलिन नदिन बुटवल उवासंघको आह्वान : स्वास्थ्य मापदण्डको पालना गरौं

कोरोनाको संक्रमण फैलिन नदिन बुटवल उवासंघको आह्वान : स्वास्थ्य मापदण्डको पालना गरौं

 

बुटवल- छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमणको दर बढेपछि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नेपालमा त्यसको संक्रमण फैलिन नदिनको लागि सिमानाकामा कडाई गर्न र स्वास्थ्य मापदण्डको पालनाको लागि आग्रह गरेको छ । संघले आईतबार प्रेस विज्ञप्ती जारी गरि कोरोना भाईरसको संक्रमण फैलिन नदिन र त्यसबाट बच्नको लागि सरकारलाई सिमा नाकामा कडाई गर्न र उद्योगी व्यबसायी सहित आम समुदायलाई स्वास्थ्य मापदण्ड पालनाको लागि आग्रह गरेको हो ।

संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूद्वारा हस्ताक्षरित विज्ञप्तीमा सभा सम्मेलन, जुलुस लगायतका भिडभाड हुने गतिबिधि नगर्नको लागि सरकारले गरेको आग्रहलाई स्वागत गर्दै सरकारले गरेको आग्रहको पालनाको लागि समेत सबैलाई आह्वान गरिएको छ ।

नेपालसंग खुला सिमा रहेको छिमेकी मुलुक भारतमा कोरोना भाईरस संक्रमणको दर बढेपछि त्यसले गम्भिर बनाएको उल्लेख गर्दै नेपालमा संक्रमण फैलिन र त्यसबाट उत्पन्न हुने नकारात्मक प्रभाव हुन नदिनको लागि सरकार गम्भिर बन्नुपर्ने उल्लेख गर्दै सिमानाकामा हुने आतजावलाई कडाई गर्न, सिमामा कोभिड–१९ सम्बन्धि चेकप्वाईन्ट स्थापना गर्न, हेल्पडेस्क राख्न र नेपाल भित्रिने सबैलाई क्वारेनटाईनमा राख्ने व्यबस्था मिलाउनको लागि सरकारसंग आग्रह गरिएको छ ।

त्यस्तैगरी संक्रमण फैलिन नदिन र त्यसबाट बच्नको लागि उद्योगी व्यबसायी सहित आम समुदायमा अनिवार्य रुपमा मास्क तथा सेनिटाईजरको प्रयोग गर्न, समाजिक दुरी कायम गर्ने लगायतका सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालनाको लागि आग्रह गरिएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij