बहुमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव अपरिपक्व कदमः देउवा

बहुमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव अपरिपक्व कदमः देउवा

काठमाडाैं – कांग्रेस सभापति देउवाले बहुमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अपरिपक्व कदम हुन्छ भन्दै प्रचण्डलाई सम्झाउने प्रयास गरेका छन् । मंगलबार प्रचण्डसँगको भेटमा यस्तो भएको हो । । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल गर्न देउवासँग भेटेका हुन् ।

देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोर्याएका थिए । उनले ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए । ती नेताका अनुसार दाहालले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रह गरेका थिए । ‘तपाईं प्रधानमन्त्री बन्नुस् । यसका लागि पहलकदमी लिनुस्,’ दाहालको भनाइ उद्धृत गर्दै काँग्रेस नेताले भने, ‘ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि खतरापूर्ण छ । अब काँग्रेस, जसपा र माओवादी केन्द्र मिलेर अघि बढ्नुपर्छ ।’

काँग्रेसमा पनि देउवाले सरकारले नेतृत्व गर्नुपर्छ भन्नेमा एकमत छ । देउवा भने अझै तयार देखिँदैनन् । उनले दाहाललाई अझै परिस्थिति परिपक्व नबनिसकेको जवाफ दिए । देउवाले दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे । बहुमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अपरिपक्व कदम हुने देउवाको बुझाइ छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij