काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ९ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि समर्थन फिर्ता लिने संकेत गरे । ‘समर्थन फिर्ता लिन नैतिक दबाब बढेको छ,’ उनले मकालु खबरसँग भने, ‘हामीले अघिल्लो बैठकबाटै समर्थन फिर्ता दिने निर्णय गरिसकेका छौं । अहिले यत्ति भनौं ।’
फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिएपनि सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ । तर पछिल्लो समय समर्थन फिर्ता लिन दबाब बढेको बताइन्छ । केही दिनअघि अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिने निर्णयका लागि अब धेरै दिन नलाग्ने बताएका थिए ।
प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्