अदालतको अवहेलनासम्बन्धी प्रधानमन्त्रीविरुद्धको मुद्दा पेशीमा

अदालतको अवहेलनासम्बन्धी प्रधानमन्त्रीविरुद्धको मुद्दा पेशीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा पेशीमा चढेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको इजलासमा परेको सो मुद्दा अन्तिममा रहेको छ । त्यसो हुँदा सुनुवाइको सम्भावना भने कम छ ।

संसद् विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचार्यलगायतले अवहेलना मुद्दा दायर गरेका थिए ।

सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेकोमा प्रधानमन्त्रीले जवाफ पेश गरिसकेका छन् ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij