काठमाडौं – विपक्षी एमालेको स्थायी कमिटी बैठकले आफ्ना नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि सत्तापक्षीय एमालेले गरेको कारबाहीको भर्त्सना गरेको छ ।
शुक्रबार कंलकीस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले उक्त कारबाहीको भर्त्सना गरेको नेता भीम रावलले बताए । ‘बैठकले कारबाहीको भर्त्सना गरेको छ,’ बैठकपछि नेता रावलले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित बनेको छ ।’
नेता रावलले एमालेको रक्षा र गतिशीलताका लागि पाइला चाल्ने विषयमा छलफल भइरहेको बताए । ‘महाधिवेशन आयोजक समिति गठन गरेर अध्यक्ष ओलीले आफैँलाई अवैध बनाए,’ नेता रावलले भनेका छन्, ‘सबै कामहरु विधानविपरीत छन् ।’
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विपक्षी एमालेका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टी सदस्यबाटै कारबाही गरेका थिए । तर, कारबाहीमा परेका नेताहरुले भने आफूहरुले कारबाही नमान्ने बताउँदै आएका छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्