JanataToday.com

Advertisment

SKIP THIS

प्रदेशस्तरीय यु–१६ क्रिकेट: बर्दिया र नवलपरासी विजयी

प्रदेशस्तरीय यु–१६ क्रिकेट: बर्दिया र नवलपरासी विजयी

 

भैरहवा-रुपन्देहीको भैरहवामा जारी बलियो नेपाल टी–२० अन्डर–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा आइतबार बर्दिया र नवलपरासी विजयी भएका छन् । बर्दियाले प्यूठानलाई १० विकेट र नवलपरासीले बाँकेलाई ५ विकेटले पराजित गरेका हुन् । प्यूठानको यो लगातार दोस्रो हार हो ।

सिद्धार्थ रंगशालामा टस जितेर व्याटिङ गरेको प्यूठानले ५ विकेटको क्षतिमा १०४ रनको योगफल बनायो । उसका लागि सुजन पुन मगरले २७ र सविन केसीले १५ रन बनाए । बलिङमा बर्दियाका रोहित सुनारले २, नितेशकुमार यादव, हेमन्त आचार्य र राजीव साहुले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बर्दियाले १२ ओभर १ बलमा विना क्षति १०५ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा नितेशकुमार यादवले ४६ बलमा ७ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै, साहिल शेखले ३५ रन जोडे । नितेशकुमार यादव म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले १९ ओभर २ बलमा सबै विकेटे गुमाएर १०४ रन बनायो । उसका लागि प्रविन कुमालले २६ र पियुष प्रजापतीले २३ रन बनाए । बलिङमा नवलपरासीका रमेश पाण्डेले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । यस्तै, नूर आलम अन्सारीले ३, विजय कुमार लोहार, गया सहानी र हिल्सन पाण्डे क्षेत्रीले समान १÷१ विकेट लिए ।

प्रतिउत्तरमा नवलपरासीले १६ ओभर १ बलमा ५ विकेट क्षतिमा १०५ रन बनाउँदै जित निकाल्यो । उसका लागि हिल्सन पाण्डे क्षेत्रीले ३५ र अभिषेक पटवाले १७ रन बनाए । बलिङमा बाँकेका धनबहादुर थापा र मग्बुल राईले समान २÷२ विकेट लिए । हिल्सन पाण्डे क्षेत्री म्यान अफ द म्याच भए । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् ।

प्रकाशित मिति : आइतबार, चैत्र २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij