काठमाडौं – सोमवार (भोलि) प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत ७ औँ बैठकमा विभिन्न कार्यसूचीहरु तय गरिएको छ । बैठक सोमवार (भोलि) दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन पेश हुने संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
त्यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश’ हुनेछ ।
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश’ हुने गौतमले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, चैत्र २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्