काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्यामा वृद्धि हुँदै गएको छ । खुला सिमाना भएका कारण भारतमा संक्रमित संख्या बढेसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको हो ।
पछिल्लो २४ घण्टामा मात्रै देशभर ३३९ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ४ हजार एक सय नमुनाको पीसीआर र
एक हजार ४० जनाको एन्टीजेन विधिबाट परीक्षण भएको थियाे । पीसीआर विधिबाट २९८ र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ४१ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।
आज बुधबार काठमाडौं उपत्यकामा मात्रै १६३ जना संक्रमित थपिएका छन् । भक्तपुरका ५, ललितपुरका २६ र काठमाडौंका १३२ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
आज सक्रिय संक्रमित संख्या २ हजार २०१ रहेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार ६५ जना क्वारेन्टीनमा छन् भने ७४ जना डिस्चार्ज भएका छन् । देशभर ६५ जना आईसीयूमा छन् भने १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रकाशित मिति : बुधबार, चैत्र २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्