तिलोत्तमा-लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले गाडी फिर्ता गरेका छन् । सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेश सभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो ।
कारवाहीपछि प्रदेश सभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा स्ट्यान्ड पंखा संसद सचिवालयलाई फिर्ता गरेका हुन् । सांसद पदबाट हटेको भोलिपल्टै उनले गाडी फिर्ता गरेका हुन् ।
सांसदबाट हटेपछि सरकारी सुविधा लिनु आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका हुन् ।
प्रकाशित मिति : बुधबार, चैत्र २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्