काठमाडौं – नेकपा एमाले प्रवेश गरेका माओवादी केन्द्रका ४ जना मन्त्रीको सांसद पद खारेज भएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दल त्यागी अन्य दलको गतिविधिमा सामेल भएको भन्दै उनीहरूको सांसद पद खारेज भएको सूचना पढेर सुनाएका हुन् ।
सांसद पद गुम्ने चार मन्त्रीहरूमा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साह रहेका छन् । उनीहरूले पद त्याग गरेको सूचना मंगलबार संसद् सचिवालयमा दर्ता गराएका थिए ।
सभामुख सापकोटाले केन्द्रको केन्द्रीय कार्यसमितिको निर्णयसमेत संलग्न गरेर दर्ता भएको उक्त सूचना पढेर सुनाएका थिए ।
अन्य राजनीतिक दलको गतिविधिमा संलग्न हुनुका साथै उक्त दलको केन्द्रीय सदस्यतासमेत स्वीकार गरिसकेकाले प्रत्यक्ष निर्वाचित चारै सांसदलाई माओवादी केन्द्रले हटाएको हो ।
प्रकाशित मिति : बिहिबार, चैत्र २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्