पदमुक्त भएका चारै मन्त्रीको आज पुनर्नियुक्ति हुँदै

पदमुक्त भएका चारै मन्त्रीको आज पुनर्नियुक्ति हुँदै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमाले प्रवेश गरेकोमा नेकपा (माओवादी केन्द्र)को कारबाहीमा परेका चार मन्त्रीको आज (शुक्रबार) पुनर्नियुक्ति र सपथ हुने भएको छ ।

माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेको भन्दै टोपबहादुर रायमाझी‚ लेखराज भट्ट‚ प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदमुक्त गरेको थियो । सांसद पदबाट हटेपछि स्वतः मन्त्री पद खारेज हुने भएकाले तत्काल नै मन्त्री पदबाट पनि उनीहरू बाहिरिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पदमुक्त चारै जनालाई पुनःनियुक्ति गर्न लागेका हुन् ।

शुक्रबार साँझ ५ बजे शीतलनिवासमा उनीहरूको शपथग्रहण कार्यक्रम राखिएको बताइएको छ ।

संविधानमा ६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले त्यसबेलासम्म चारैजना मन्त्री पदमा रहन पाउने व्यवस्था छ । उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्नेछन् ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij