काठमाडौं – आइतवार (आज) बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुई प्रमुख नेताहरु अनुपस्थित भएका हुन् । देउवाले कार्यव्यस्ताका कारण उपस्थित हुन नसक्ने जानकारी दिएका थिए भने पौडेल नतहुँ पुगेका छन् ।
आजको बैठकको कार्यसूचीमा महाधिवेशन थियो । नेता प्रदीप पौडेलले दिएको जानकारीअनुसार दुई नेताको अनुपस्थितिपछि सो विषयमा छलफल भएन । यस्तै आजैको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम र समायोजनबारे छलफल भएको छ । ‘भोलिको केन्द्रीय समिति बैठकमा कस्ता एजेन्डा लैजाने भन्नेबारे आज अनौपचारिक रूपमा छलफल गरिएको हो,’ नेता पौडेलले भनेका छन् ।
आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन समितिले हालसम्म गरेका काम र उत्पन्न समस्याबारे बिफ्रिङ्ग गरेका थिए । यस्तै केन्द्रीय क्रियाशील छानविन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका समस्याबारे जानकारी गराएका थिए ।
कांग्रेसले ७१ जिल्लामा क्रियाशील सदस्यताको काम धमाधम अगाडि बढाए पनि कतिपय जिल्लामा काम गर्न सकेको छैन । चैत १० गतेसम्म क्रियाशील वितरण गरी केन्द्रमा जानकारी दिन निर्देशन दिए पनि विभिन्न जिल्ला कार्यसमितिले क्रियाशी सदस्यता वितरण गर्न सकेका छैन । ‘अझैसम्म ६ वटा जिल्लामा काम हुन सकेको छैन,’ कांग्रेस नेतृ पुष्पा भुसालले मकालु खबरसँग भनिन्, ‘अब कति दिन थप गर्दा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै विवरण इन्ट्री भइसक्छ भन्नेबारे आज सामान्य छलफल भयो । भोलि केन्द्रीय समितिले यसबारे निर्णय गर्छ ।’
कांग्रेसले यसपटक १० लाख क्रियाशील सदस्यता पुर्याउने तयारी कांग्रेसको छ । क्रियाशील सदस्यता वितरण गर्न समस्या भइरहेका जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउन सकिनेबारे पनि आज छलफल भएको थियो ।
प्रकाशित मिति : आइतबार, चैत्र २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्