काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरीबाट ३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या दुई लाख ८० हजार २८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक सय ४१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार २७ पुगेको छ ।
हाल नेपालमा सक्रिय सक्रमितको संख्या २ हजार ९ सय ६१ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ३ सय ९४ र होम आइसोलेसनमा २ हजार ५ सय ६७ रहेका छन् । हाल देशभर ८३ जना क्वारेन्टिनमा रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ४० पुगेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्