बुटवल –सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या भएकोप्रति रुपन्देही सुनचाँदी व्यवसायी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष राम किसन विस्वकर्माको अध्यक्षता तथा सुनचाँदी बिज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरी र केन्द्रिय सदस्य एम.बि. विस्वकर्माको उपस्थीतीमा आज सचिवालय बैठक बसि बिभिन्न निर्णय समेत गरेको छ ।
बैठकमा यो घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाएकोले यसतर्फ सरकार एवं सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन बिशेष सुरक्षा व्यवस्था मिलाउन आग्रह गर्दै, दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न,सुनचाँदी व्यवसायीको जनधनको रक्षा गर्न, शान्ति सुरक्षाको प्रत्याभूति गर्न समस्त सुनचाँदी व्यवसायी जोडदार माग सहित जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन जाने निर्णय गरेको छ ।
लहानस्थित अमिता ज्वेलर्सका संचालक ४० वर्षीय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको थिए
सिरहाको लहान नगरपालिका(२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्यापछि सो समूहले अमिता ज्वेलर्समा रहेका सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् ।
त्यसक्रममा उनकी श्रीमती अमिता विश्वकर्मा पनि घाइते भएकी छन् । लुटेरा समूहले उनकी श्रीमतीमाथि कुटपिट गरी घाइते बनाएको जनाइएको छ । व्यवसायी विश्वकर्मा श्रीमतीसँग त्यहीँ बसेका बेला लुटेरा समूहले गोली चलाएको बताइएको छ ।
‘
प्रकाशित मिति : आइतबार, चैत्र २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्