भीडयुक्त शहरमा एक महिनासम्म विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

भीडयुक्त शहरमा एक महिनासम्म विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं – काठमाडौं उपत्यकालगायतका धेरै भीड हुने शहरका विद्यालय एक महिनासम्मका लागि बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत् पठन पाठन गराउन मन्त्रालयको सुझाव छ ।

अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट कम उमेरका बालबालिका र युवा समूहमा देखिएको बताउँदै मन्त्रालयले यो चेन ब्रेक गर्न कम्तिमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत् गराउन खोजिएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ ।

‘यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।

पछिल्ला केही दिनयता नेपालमा नयाँ प्रकृतिको कोभिड-१९ संक्रमण फैलिएको छ । हिजोमात्र थप १३ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij