राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेला

राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेला

तिलोत्तमा-राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेलाले २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । प्रेमकुमार केसीको अध्यक्षतामा गठित वडा कमिटीको उपाध्यक्षमा देवबहादुर गुरुङ्ग, सचिवमा निरज न्यौपाने, सहसचिवमा खिमलाल भण्डारी (गोपाल), कोषाध्यक्षमा सुमन खरेल र सहकोषाध्यक्षमा दिपक पौडेल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा सन्दिप सेन, संसद सेन, सुनिल ढकाल, राजन पाण्डेय, लोकनाथ पाण्डेय, सन्देश नेपाल, प्रयास ज्ञवाली, सन्तोष क्षेत्री, अजय क्षेत्री, सुमन अर्याल र सन्दिप थापा रहेका छन् ।
भेलाको उदघाटन गर्दै नेकपा एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टीलाई अहिलेको अवस्थामा ल्याइ पुर्याउन युवा संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले गरेका सकारात्मक कामलाई जनतामा लैजान र पार्टीविरोधी गतिविधि र भ्रमलाई चिर्न संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
संघका स्थायी कमिटी सदस्य एवं जिल्ला संयोजक मनोज गौचनले पार्टी नेतृत्वविरुद्ध गरिएको घेराबन्दी सफल नहुने भन्दै यसका विरुद्ध सम्पूर्ण युवा जगत एकढिक्का भइ सामना गर्ने बताए ।
भेलामा संघका जिल्ला सहसंयोजक विकास गहतराज, जिल्ला कमिटी सदस्यहरु पप्पु गुरुङ्ग, पशुपति पाण्डेय, नेकपा एमाले वडा कमिटी सचिव दिवाकर भण्डारी, सुनिल पाण्डे, संघका वडा इन्चार्ज आशिष गुरुङ्ग, निरज न्यौपानेलगायतले बोलेका थिए । कार्यक्रम दिपेश कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, बैशाख ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij