कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

१४ औं महाधिवेशनमा केन्द्रित हुने बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्न लागेको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पटक पटक स्थगित हुँदै आएको कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० का लागि तोकिएको छ ।

यद्यपि केही जिल्लाका क्रियाशिल सदस्य विवाद अझै टुंगिएको छैन । समायोजन विवाद कायमै छ । सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमितिले आज विवाद टुंगिने अपेक्षा गरिएको छ ।

त्यसैगरी केन्द्रीय समितिमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सरकार ढाल्ने विषयमा पनि छलफल हुनेछ । यसअघि कांग्रेसले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन सहयोग गरेको थियो ।

 

प्रकाशित मिति : आइतबार, बैशाख ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij