काठमाडौं – रामबहादुर थापा बादल गृहमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले बादललाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले बादललाई गृहमन्त्रीमा नियुक्त गरेको उल्लेख गरिएको छ ।
राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गृहमन्त्रीमा नियुक्त गरेकी हुन् ।
उनले आजै साँझ ५ बजे सपथग्रहण गर्नेछन् ।
यसअघि नेकपा माओवादी केन्द्रले बादलले पार्टीविपरीत काम गरेको र अन्य पार्टीका गतिविधिमा सहभागी भएकाले संसद सचिवालयमा संसद पद खारेजका लागि निवेदन दर्ता गराएका थिए । यसपछि आजमात्रै उनी पदमुक्त भएका थिए ।
पदमुक्त बादलको एमाले नेताको हैसियतमा आजै साँझ ५ बजे गृहमन्त्रीको रुपमा सपथ ग्रहण गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्