आइतबार थपिए हजार बढी कोरोना संक्रमित

आइतबार थपिए हजार बढी कोरोना संक्रमित

काठमाडौं – गत २४ घण्टाभित्र नेपालमा एक हजार ९६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा पहिचान भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र सर्वाधिक ४३५ जना छन् । तीमध्ये भक्तपुरका ४५, ललितपुरका ६४ र काठमाडौंका ३२६ जना रहेका छन् ।

हाल देशभर छ हजार २९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा ५७६ जना र होम आइसोलेसनमा पाँच हजार ७१४ जना रहेका छन् । त्यस्तै देशभर ११६ जना आईसीयू र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन् ।

गत २४ घण्टामा २६२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै देशभर ८५ जना क्‍वारेन्टिनमा रहेका छन् । उनका अनुसार गत २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ८३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर पाँच हजार ८४ जनाको पीसीआर र ६९९ जनाको एन्टिजेन परीक्षण भएको छ । पीसीआर परीक्षण गरिएकामध्ये एक हजार १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij