काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ ।
यसअघि गत चैत ३० गते बस्ने भनिए पनि बैठक स्थगित भएको थियो । छलफलका लागि समय अपुग भएको भन्दै आजका लागि बोलाइएको बैठक भोलि (सोमबार) का लागि तय भएको नेता एनपी साउदले नेपालखोजलाई जानकारी दिए ।
उनका अनुसार बैठक भोलि अपराह्न ४ बजे बस्नेछ । यता पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले भने नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको बताए । यद्यपि बैठक नबसे पनि पार्टीका शीर्ष नेताबीच अनौपचारिक छलफल भने भइरहेको जनाइएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्